Breaking News

गैडाकोटमा सुन पसल चोरी गर्ने तीनजना पक्राउ, १२ तोला सुन बरामद

Banner

कृष्ण आचार्य,

चितवन,असार १९-

नवलपरासी पूर्व गैडाकोटमा सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गैडाकोट नगरपालिका ५ स्थित मोनिका सुनचाँदी पसल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो । गत फागुन १८ गते विहान २ः २० बजे उमेश गहतराजले संचालन गरेको सुनचाँदी पसल चोरी भएको थियो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका वडा न १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने २४ बर्षिय अनुज लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं ८ बस्ने २८ बर्षिय तिर्थ बहादुर रुम्बा र काभ्रे धुलिखेल नगरपालिका घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडानम्व ८ बस्ने ४० बर्षिय जीतबहादुर तामाङ रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी कार्यालय गैडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो ।

अभियुक्तहरुकोे साथबाट १२ तोला ५ प्वाइन्ट सुन, ६ थान मोवाइल, सेफ लकर १ थान,स्कुटर १ थान र ठेला बरामद गरिएको छ ।साथै चोरी गर्ने प्रयोग भएका औजारहरु समेत प्रहरीले बरामद गरेको छ । पसल संचालकले ६९ तोला ५ लाल सुन तथा १ किलो चाँदीका गरगहना र नगद ७ लाख रहेको सेफ लकर चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

थप गरगहना र चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । प्रहरी टोलीले प्रविधिको माध्यामबाट चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको थापाले बताउनुभयो । पक्राउ परेकाहरु विरुद्ध डाँका चोरी मुद्धामा नवलपुर जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>