Breaking News

गैंडाकोटमा उपमेयर नै ताला लगाउन अग्रसर,प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला खोलियो

Banner

चितवन,असार १८-

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ। नेपाली कांग्रेस निकट सदस्यहरूले नीति तथा बजेटमाथि असन्तुष्ट जनाउँदै मंगलबार तीन वटा कार्यकक्षमा लगाइएको तालामध्ये प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोलेका हुन्।

सातौं नगरसभामा परित भएको नीति तथा कार्यक्रम र बजेटमा असन्तुष्ट पक्षले नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। कारोनाको समयमा कामलाई अवरोध नपुगोस् भन्दै प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोलिएको नगरउपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिइन्। मंगलबार उनकै अग्रसरतामा ताला लगाइएको थियो ।

उनका अनुसार, बजेट विनियोजनका कुराहरुलाई लिएर नगर सदस्यहरू असन्तुष्ट छन्। ‘अहिले आवश्यक नभएको स्मार्ट सिटी हललाई ५० लाख बजेट विनियोजन गरिएको कँडेलले बताइन । उनले भनिन्, ‘विभिन्न विषयमा ३२ जनाले सदस्यले दिएको सुझावलाई ख्याल नगरी नगरप्रमुख अगाडि बढेपछि ताला लगाइएको हो।’ शिक्षा विधेयकमा विद्यालय व्यवस्थापन समिति गठन र नगर शिक्षा समिति गठन विधिसम्मत् नभएको उनको दाबी छ। मंगलबार मेयरले पारित गरेको नीति तथा बजेट कार्यक्रम नियमसंगत नभएको भन्दै फेरि सभाको आयोजना गर्नुपर्ने उनको माग छ। नगरपालिकाको प्रमुख र उपप्रमुखको कार्यकक्षको ताला खोल्ने विषयमा नगरप्रमुखले विशेष जोड दिनुपर्ने उनले बताइन्।

नगरप्रमुख छत्रराज पौडेलले नियम संगत नीति तथा बजेट पारित भएको भन्दै अब अर्को सभा नहुने स्पष्ट पारे। उनले नगरपालिकाको विकास निर्माणको काममा बहुमतको कारण देखाउँदै अवरोध गर्ने काम भइरहेको बताए । गैंडाकोट नगरपालिकामा कांग्रेसको बहुमत छ। तत्कालीन एमालेबाट निर्वाचित नगरप्रमुख अल्पमत छन्। ९५ जना नगरकार्यपालिका सदस्य रहेको गैंडाकोट नगरपालिकामा कांग्रेसका मात्रै ६३ जना सदस्य रहेका छन्। नगरप्रमुख पौडेलले आफु विधि सम्वत अघि बढेको भन्दै आफु पछि नहट्ने बताए । उनले भने,म जनताको पक्षमा काम गर्ने हो,यसका लागि म दृढ छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>