Breaking News

काँग्रेसका जनप्रतिनिधिले गैडाकोट नगरपालिकामा लगाए ताला,कर्मचारी गेट बाहिरै

Banner

गैडाकोट,असार १७-

गैडाकोट नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सातौं नगरसभाबाट नगरप्रमुख छत्रराज पौडेलले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको घोषणा गरेपछि उनिहरुले नगरप्रमुख पौडेल,उपप्रमुख विष्णुकुमारी कँडेल र प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

हिजो सम्पन्न नगरपालिकाको सातौं नगरसभाले अगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको थियो । उपप्रमुख कँडेल लगाएतका काँग्रेसका जनप्रतिनिधिहरुले आफ्ना माग सम्बोधन नभएको भन्दै नगरसभा सकिएपछि नाराबाजीमा उत्रिएका थिए । उनिहरुले बजेटमा आफ्ना माग सम्बोधन हुनुपर्ने बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि आफ्नो पनि काम नहुने भन्दै कर्मचारीहरु अहिले गेट बाहिरै बसेका छन् । प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले तालबन्दीका कारण आफू कार्यकक्षमा प्रवेश गर्न नपाएको बताए । उनले भने,‘म नै कार्यकक्षमा प्रवेश गर्न नपाएपछि अन्य काम पनि हुने कुरा भएन, त्यसैले आज नगरपालिकाको काम ठप्प भएको छ ।’ उनले नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित भएको जानकारी दिए ।

असार मसान्तमा कामको चापाचाप हुने वेलामा नगरपलिकाको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले असारको अन्तिम समयमा कार्यालयमा तालाबन्दी भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । नगरस्तरिय योजना र वडाका योजनाहरु सम्पन्न भएका अधिकांस भुक्तानी रोकिएका छन् । नगरपालिका अगाडि सेवाग्राहिको भिड लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>