Breaking News

देवचुलीमा फेरि थपिए ६ जना कोरोना संक्रमित

Banner

नवलपुर, असार १३–

पूर्वी नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज (शनिबार) साँझ विज्ञप्ती जारी गर्दै पूर्वीनवलपरासीका ६ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

संक्रमित हुनेहरुमा देवचुली नगरपालिकाका तीन जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरु २२ देखी ३४ वर्ष उमेर समूहका रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजिटिभ देखिएको निर्देशनालयका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै आजै साँझ कास्कीमा पाँच जना र स्याङजामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८५४ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>