Breaking News

कावासोती र गैंडाकोटका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, असार ११–

पूर्वी नवलपरासीको कावासोती र गैंडाकोट नगरपालिकामा गरी आज (बिहीबार) राती थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कावासोती नगरपालिकाका १४ र गैंडाकोट नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कावासोतीका २५ र ३७ वर्षीया महिलासहित १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गैंडाकोट नगरपालिकाका २३ देखि ५३ वर्ष उमेर समूहका ७ जना पुरुष रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>