नवलपुर

भीमसेन आदर्श माविलाई थर्मोगन सहयोग

Banner

नवलपुर, असार ११–

भीसान नवलपरासीले भीमसेन आदर्श माविलाई दुई थान ज्वरो जाँच गर्ने थर्मोगन सहयोग गरेको छ ।

विद्यालयमा पठनपाठन अवरुद्ध भए पनि क्वारेन्टिनको रुपमा प्रयोग गरिएकोले थर्मोगन सहयोग गरिएको भीसानका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए ।

लायन्स क्लव अफ नारायण बालकुमारी र नारायणी मोटर्सले सहयोग स्वरुप उपलब्ध गराएको १० हजार बराबरको दुई थान थर्मोगन सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।

अध्यक्ष पौडेल र सचिव राज चापागाईले विद्यालयका प्राचार्य नरदेव न्यौपाने र शाखा विद्यालयका इन्चार्ज डोलकान्त अर्याललाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

हाल भीमसेन माविको शाखा विद्यालय देवचुली नगरपालिका वडा नं.७ को क्वारेन्टिनको रुपमा प्रयोगमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>