Breaking News

गैडाकोट नगरपालिकाको बजेट ७१ करोड ३२ लाख,यस्ता छन प्राथमिकता

Banner

गैडाकोट,असार १०-

गैडाकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । सातौं नगरसभा मार्फत उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक बर्षका लागि सो बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ४० लाख ५० हजार र संघ तथा प्रदेशबाट प्राप्त अनुदानबाट ६१ करोड ९१ लाख ५० हजार ४ सय ९७ रुपैंया आयको अनुमान गरेको छ ।

नगरपालिकाले कार्यालय प्रशासनिक खर्च तर्फ ११ करोड ६५ लाख, आर्थिक विकास तर्फ १ करोड ६५ लाख र सामाजिक विकास तर्फ ३ करोड ९० लाख बजेट विनियोजन गरेको छ । यस्तै पूर्वाधार विकासमा २ करोड ८४ लाख, वातावरण तथा विपद्मा १ करोड ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा ३० लाख रकम छुट्याइएको छ ।

नगरपालिकाले १८ वडालाई १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजश्वको श्रोत जुटाउन नगरपालिकाले गैंडाकोट नगरभित्र करशिक्षा अभियान र नगर कार्यपालिकाको कार्यविधि निर्माण गरी घर जग्गा बहाल कर र व्यवसाय कर असुल गर्ने उपप्रमुख कंडेलले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कोभिड १९ को जोखिम तथा सो बाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताउनुभयो । उहाँले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा बिशेष जोड दिएको जानकारी दिनुभयो ।

बाँझो जग्गा रहित नगर बनाउने अभियानका साथ हरेक वडा भित्र रहेका उत्पादन विहिन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिइ कृषि प्रबद्धनात्मक कार्यक्रम अगाडी बढाइने प्रमुख पौडेलले बताउनुभयो ।

कालिगण्डकी करिडोर, वि.पी अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्या पर्यटन मार्ग, गरीबी मुक्त गैडाकोट अभियान, एक वडा एक विशिष्टिकरण उत्पादन, साहित्य संस्कृति कला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रंगशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>