Breaking News

गैंडाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, असार १०–

पूर्वी नवलपारीको गैंडाकोट नगरपालिकामा थप तीन जनामा कोरोना (भाइरस कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

ती संक्रमित सबै महिला हुन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) गैंडाकोट नगरपालिका–१ बस्ने ३३ र ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गैंडाकोट नगरपालिका–१२ बस्ने ५६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यस्तै भरतपुरमा गरिएको परीक्षणमा आजै चितवनका एक र तनहुँ देवघाटका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>