नवलपुर

खोलामा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु, एक घाइते

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार ९

नवलपुरको बिनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । एक जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी मोहन बहादुर खाँणले दिएको जानकारी अनुसार बिनयीत्रिवेणी गाउँपालिका–३ सर्दि स्थित खोरण्डे खोलामा टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको ज्यान गएको हो ।

खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाडीको भाग (ढाला) माथी उठाउदा बिजुलीको तारमा छुन पुग्दा ढालामा करेन्ट प्रवाह हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमा नै ज्यान गएको हो ।

ज्यान जानेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने वर्ष ३२ वर्षका भरत थापा र नवलपुरको विनयी त्रिवेणी–५ ध्रुवकोट (देवराली) बस्ने सहचालक १७ वर्षका आशिष विक रहेका छन् । यस्तै सोहि खोलामा नुहाईरहेका लु २ ख ४४४८ नम्बरको टिपर चालक कास्कीका ४५ वर्षका कृष्ण बहादुर पाण्डे समेत घाईते भएका छन् । नुहाईरहेका पाण्डेलाई खोलामा प्रवाह भएको करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ ।

मृतक दुई जनालाई पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने घाईतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र अवस्था मध्यम रहेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>