Breaking News

नवलपुरका ८ र स्याङजाका १२ जनामा कोरोना भाइरस पुष्टि

Banner

नवलपुर, असार ८–

पूर्वी नवलपरासी (नवलपुर)मा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार आज (सोमबार) नवलपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै जना बौदिकाली गाउँपालिकाका पुरुष हुन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका रहेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार संक्रमित सबै जना भारतबाट आएर क्वारेन्टिनमा बस्दै आइरहेका छन् । उनीहरुलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यस्तै स्याङजामा थप १२ जना संक्रमित पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. शर्माका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन जनासमेत छन् ।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ ।

योसंग गण्डकी प्रदेशमा आज मात्रै २० जना कोरोना संक्रमित थपिएको छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>