Breaking News

नवलपुरमा आज एकैदिन १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Banner

नवलपुर, असार ४–

नवलपुरमा आज (बिहीबार) एकैदिन १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जसमध्ये मध्यविन्दु नगरपालिकाका मात्रै १७ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मध्यविन्दु नगरपालिकाका २१ देखि ३९ वर्षका १५ जना पुरुष रहेका छन् । अन्य दुई जना पुरुषको भने उमेर खुल्न बाँकी छ ।

यस्तै एक जना गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । गैंडाकोटका पुरुषको चितवनको भरतपुरमा परीक्षण गर्दा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

अन्यको भने पोखरामा परीक्षण गरिएको हो । गण्डकी प्रदेशमा मात्रै आज ४३ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>