नवलपुर

देवचुलीमा थपिए दुई कोरोना भाइरस संक्रमित

Banner

नवलपुर, जेठ ३२–

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिकामा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको क्वारेन्टिनमा बस्दै आइरहेका २३ र ३२ वर्षका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लगिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>