Breaking News

नवलपरासी पूर्व हुप्सेकोटका थप चार जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, जेठ ३०–

नवलपरासी (बर्दघाटन सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाकै क्वारेन्टिनमा बसेका १८, ३२, ५८ र ५९ वर्षका चार जना पुरुषमा आज (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>