Breaking News

पूर्वी नवलपरासीको देवचुलीमा थप एक व्यक्तिमा कोरोना संक्रमण

Banner

नवलपुर, जेठ २८–

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा देवचुलीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

ती संक्रमित पुरुषलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>