नवलपुर

व्याजमा सहुलियत दिन नवलपुर होटल व्यवसायी संघको माग

Banner

नवलपुर, जेठ २६-

नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैँकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

संघका अध्यक्ष बालकृष्ण पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा छुट र व्याजमा सहुलियत दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण होटल व्यवसायीहरु टाट पल्टने अवस्थामा पुगेका छन् । त्यसकारण लकडाउन अवधिको घरभाडा तिर्न सक्ने अवस्थामा होटल व्यवसायीहरु छैनन् । त्यसैले सम्बन्धित घरधनीलाई यस अवधिको घरभाडा मिनाहा गरिदिन संघ हार्दिक अनुरोध गर्दछौं । साथै यस बारेमा आवश्यक समन्वय गरिदिन स्थानीय प्रशासन, सम्बन्धित स्थानीय तहसँग हार्दिक अनुरोध गर्दछौं । ’

नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैँकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष बालकृष्ण पौडेलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा छुट र व्याजमा सहुलियत दिन सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण होटल व्यवसायीहरु टाट पल्टने अवस्थामा पुगेका छन् । त्यसकारण लकडाउन अवधिको घरभाडा तिर्न सक्ने अवस्थामा होटल व्यवसायीहरु छैनन् । त्यसैले सम्बन्धित घरधनी महानुभावहरुलाइ यस अवधिको घरभाडा मिनाहा गरिदिनुहुन संघ हार्दिक अनुरोध गर्दछ । साथै यस बारेमा आवश्यक समन्न्वय गरिदिनुहुन स्थानीय प्रशासन सम्बन्धित स्थानीय तहसँग हार्दिक अनुरोध गर्दछौं ।’

विज्ञप्तिमा व्यवसाय बन्द भएका कारण होटल व्यवसायीले बैँकको किस्ता तथा व्याज तिर्न सक्ने अवस्था नभएकाले बैँक तथा बित्तिय सस्थालाई लकडाउन अवधिको व्याजमा सहुलियत प्रदान गर्न समेत आग्रह गरिएको छ । ‘बैँक तथा बित्तिय संस्थालाई किस्ता तिर्ने समय थप गरिदिन अनुरोध गर्दछौं साथै सरकारले असार ७ गते सम्म सम्पुर्ण कर बुझाउन ताकेता गरेको छ । यही अवस्थामा सो अवधि भित्र कर तिर्न सक्ने अबस्था नभएकाले कम्तिमा तिन महिना म्याद थप गरिदिन सरकार समक्ष माग गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>