Breaking News

गैडाकोटमा नगरशिक्षा समितिको निर्णय कुनै हालतमा फिर्ता हुन्नः मेयर पौडेल (भिडियोसहित)

Banner

गैडाकोट,जेठ २०-

नगरशिक्षा समितिले विद्यालय व्यवस्थापन गठन सम्बन्धि गरेको निर्णयका बारेमा कुनै खालको पुर्नविचार नहुने गैडाकोट नगरपालिकाले प्रष्ट पारेको छ ।गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कानुन सम्मत गरिएको निर्णयबाट आफु पछि नहट्ने भन्दै विधि र नियमको अध्ययन गर्न आग्रह गनुभएको छ ।

गत बैशाख २४ गतेको निर्णय अनुसार बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष रहने भनी बिद्यालय हरुलाई पठाइएको पत्र सम्बन्धमा नगरपालिका उपमेयर बिष्णु कुमारी कंडेल सहितको ६३ जना कार्यपालिका सदस्यहरुको हस्ताक्षर सहित निर्णय फिर्ता लिन माग गर्दै आज ज्ञापनपत्र बुझाए लगत्तै नगरप्रमुख पौडलले सञ्चारकर्मीसँग कुरा गर्दै आर्थिक रुपमा नगरलाई सवल बनाउनका लागी आफुले कुनै सम्झौता नगर्ने प्रष्ट पानुभयो ।

शिक्षा सम्बन्धि ऐन नियमहरु राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै नगरप्रमुख पौडेलले ८ औं संसोधनको १२ औं नम्बरको बुँदालाई टेकेर आफुले सहि निर्णय गरेको बताउदै विरोधका लागि विरोध गर्नुको कुनै तुक नभएको बताउनुभयो । नगरप्रमुख पौडेलले आफ्नो निर्णय विरुद्ध केही मान्छे निरन्तर रुपमा लामो समयदेखि लागि रहेपनि नगरको समृद्धिका लागि आफु सधैब अघि बढिरहने र कसैसँग सम्झौता नगर्ने प्रष्ट पानुभयो । उहाँले यहि लफडाका कारण संघीय सरकारबाट आएको बजेट फ्रिज भएमा त्यसको जवाफदेही उपप्रमुख विष्णु कुमारी कडेल, नेपाली काँग्रेस गैँडाकोट, नेविसंघ, शिक्षकसंघ र सम्वन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी दिनुभयो ।

बिद्यालय ब्यबस्थापन समिति छनौटको नगरपालिकाको निर्णयप्रति नेपाल शिक्षक संघ नवलपुर, शिक्षक संघ गैंडाकोट ,नेपाल बिद्यार्थी संघ नवलपुर र नेपाली काँग्रेस गैंडाकोटले यसअघि नै बिरोध जनाइसकेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>