Breaking News

नवलपुरको देवचुलीमा भारतबाट आएका २ जनामा कोरोना पुष्टि

Banner

चितवन,जेठ १६-

नवलपुरको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना (कोभिड १९ं) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको सुचना अधिकारी लिलाधर पौडेलका अनुसार देवचुली नगरपालिका १५ र ११ का २१ र १९ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनिहरु गत जेठ ९ र १२ गते भारतबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ भने स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा जेठ १४ गते आएका ७३ नमूना मध्य अन्य ७१ वटाको पिसिआर परिक्षण नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>