नवलपुर

हावाहुरीले गैँडाकोटमा कुखुराको खोर भत्किँदा दुई जनाको मृत्यु

Banner

चितवन,जेठ १२-

नवलपुरको गैँडाकोटमा कुखुराको खोर भत्किँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीसहितको वर्षाले खोरमा दाना दिँदै गर्दा गैँडाकोट नगरपालिका ८ का ३५ वर्षीय काशिराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

साँझ हावाहुरी चलिरहेको समयमा कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>