नवलपुर
नवलपुरको देवचुलीमा कोरोना संक्रमितका परिवार र छिमेकीको स्वाब परिक्षण, रिपोर्ट नेगेटिभ

ज्ञानु पंगेनी,
नवलपुर,जेठ ८-
नवलपुरको देवचुली नगरपालिमा कोरोना संक्रमित युवतीको परिवार र छिमेकीको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । माईतिघरमा १० दिन बसेकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि माईती घरका परिवार सहित छिमेकी सहित १२ जनाको स्वाब संकलन गरि परिक्षणको लागि चितवनको भरतपुर पठाईएको थियो । ती सबै जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए ।
संक्रमित युवतीको आमा र परिवारको एक बालिकाको बुधबार नै आरडिटी परिक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट आईसकेको थियो । भरतपुर अस्पतालले दिएको जानकारी अनुशार परिक्षणका लागि पठाईएको सबै रिपोर्ट नेगेटिभ आएको चापागाईले बताए ।
लकडाउनै समयमा १० दिनसम्म माईतीमा बसेर काठमाण्डौ गएकी २४ वषर््ाकी युवतीमा जेठ ६ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनी गत बैशाख १९ गते बुटवलबाट देवचुली नगरपालिका दुई स्थित माईतमा आएर बैशाख २९ गते विहान श्रीमानसंग मोटरसाईकलमा काठमाण्डौ गएकी थिईन् र जेठ ५ गते उनले काठमाण्डौंमा नै स्वाब परिक्षणका लागि दिएकी थिईन् ।
अहिले देवचुली नगरपालकाको १ देखि ५ सम्मका ५ वठा वडाशिल गरिएको छ । जेठ ११ गते राति १२ बजेसम्मको लागि शिल गरिएको छ ।
घर बाहिर ननिस्कन र सुरक्षित रहन सम्पुर्ण नगरबासीमा देवचुली नगरपालिकाले आग्रह गरेको छ । अहिले ती वडाहरुमा प्रहरीको गस्ति बढाईएको छ । प्रहरीले माईकिङ्ग गरेर घरभित्रै बस्न आग्रह गरेको छ ।
























