नवलपुर

कालीगण्डकी नदिमा डुंगा डुब्दा एक जना वेपत्ता, तीन जनाको सकुशल उद्धार

Banner

ज्ञानु पंगेनी

नवलपुर, चैत २० –

नवलपसीको बुलिङटार गाउँपालिका तीनमा पर्ने कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन् । तीन जनाको सकुशल उद्धार गरिएको छ ।वेपत्ता हुनेमा बुलिङटार गाउँपालिका तीनकै ११ बर्षीया ईशारा दरै रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

बुधबार साँझ तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका चार बस्ने २० बर्षका महोरपा मगर फरार रहेको खाँडले बताए । डुंगामा सवार बुलिङटार तीनका १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैका भने प्रहरीले सकुशल उद्दार गरेको छ । वेपत्ता दरैको ईलाका प्रहरी कार्यालय बुलिङटार र तनहुँबाट खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>