नवलपुर

देवचुलीमा ‘फायर हाईड्रेण्ट’को सफल परीक्षण

Banner

ज्ञानु पंगनी

नवलपुर, चैत १९–

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दमकलले पानी भर्न मिल्ने ठाउँको (फायर हाईड्रेण्ट) सफल परीक्षण गरेको छ ।

यदि कहिकतै आगलागी भईहालेमा उक्त आगो निभाउनका लागि दुई स्थानमा दमकलले पानी भर्न मिल्ने ठाउँको सफल परीक्षण गरेको संस्थाका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिए ।

देवचुली–१४ कैलाश चोक र देवचुली–११ धारापानी चोक गरी दुई स्थानमा फायर हाईड्रेण्टको परीक्षण गरिएको हो । यो परीक्षण सफल भएकाले भबितब्यका बेला दमकललाई पानी लिन टाढा जानु नपर्ने अध्यक्ष भुषालले जानकारी दिए ।

गत असोज ३० गते सम्पन्न संस्थाको २२ औं वार्षिक साधारण सभामा फायर हाईड्रेण्ट बनाउने कार्ययोजना पारित गरेको थियो । सोही कार्ययोजना अनुसार काम भएको भुषालले बताए । संस्थाको सेवा क्षेत्रभित्र पर्ने अन्य चोकहरुमा समेत फायर हाईड्रेण्ट निर्माण गरिने उनले बताए । गर्मी मौसममा आगलागिका घटना बढी हुने हुँदा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत यस काम गरेको र आगामि दिनमा समेत यस्ता सामाजिक काम गर्दै जाने भुषालले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>