नवलपुर

देवचुलीमा ‘फायर हाईड्रेण्ट’को सफल परीक्षण

०
Banner

ज्ञानु पंगनी

नवलपुर, चैत १९–

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दमकलले पानी भर्न मिल्ने ठाउँको (फायर हाईड्रेण्ट) सफल परीक्षण गरेको छ ।

यदि कहिकतै आगलागी भईहालेमा उक्त आगो निभाउनका लागि दुई स्थानमा दमकलले पानी भर्न मिल्ने ठाउँको सफल परीक्षण गरेको संस्थाका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिए ।

देवचुली–१४ कैलाश चोक र देवचुली–११ धारापानी चोक गरी दुई स्थानमा फायर हाईड्रेण्टको परीक्षण गरिएको हो । यो परीक्षण सफल भएकाले भबितब्यका बेला दमकललाई पानी लिन टाढा जानु नपर्ने अध्यक्ष भुषालले जानकारी दिए ।

गत असोज ३० गते सम्पन्न संस्थाको २२ औं वार्षिक साधारण सभामा फायर हाईड्रेण्ट बनाउने कार्ययोजना पारित गरेको थियो । सोही कार्ययोजना अनुसार काम भएको भुषालले बताए । संस्थाको सेवा क्षेत्रभित्र पर्ने अन्य चोकहरुमा समेत फायर हाईड्रेण्ट निर्माण गरिने उनले बताए । गर्मी मौसममा आगलागिका घटना बढी हुने हुँदा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत यस काम गरेको र आगामि दिनमा समेत यस्ता सामाजिक काम गर्दै जाने भुषालले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>