नवलपुर

नवलपुरका सात जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Banner

ज्ञानु पंगेनी

नवलपुर, चैत १९–

नवलपुरबाट कोरोना आशंकामा नमुना परीक्षणका लागि काठमाडौं पठाईएका सात जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

नवलपुरको कावासोती र मध्यविन्दु नगरपालिकाका सात जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी काठमाण्डौ पठाईएकोमा सातै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूूर्वका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए ।
कावासोतीका तीन र मध्यविन्दुका चार जनाको नमूना संकलन गरी चैत १७ गते परीक्षणका लागि पठाईएको थियो । उनीहरु सबैजनाको रिपोर्ट आज (बुधबार) आएको चापागाईले बताए ।

सात जना मध्ये एक जना कतार र एक जना दुवईबाट आएका थिए । उनीहरु मध्ये एक जना कोरोना पुष्टि भएका बाग्लुङकी युवती र एक जना धनगढीका युवा आएकै जहाजबाट आएका थिए । अन्य पाँच व्यक्ति यी दुईजनाको सम्पर्कमा आएका व्यक्ति भएकाले उनीहरुको समेत स्वाब परीक्षण गरिएको थियो ।

यी बाहेक अन्य दुई जनाको समेत कोरोना भाइरस परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरु दुवै जनाको रिपोर्ट बिहीबारसम्म आईपुग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>