राजनीति
गृहमन्त्री थापा चीन प्रस्थान
०

काठमाडौँ, पुस २०-
गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन। भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
मन्त्री थापाको टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । उनको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन। गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























