राजनीति

राष्ट्रिय सरोकार समितिको ५० औं बैठक,समयमै काम सक्न निर्देशन

Banner

काठमाडौं ,पुस १८-

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिले आज ५० औं बैठक सम्पन्न गरेको छ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरबका आयोजनामाथि छलफल भएको छ । बैठकमा अवसरमा सबै आयोजनाका प्रखुहरुले आफ्नो कार्यालयको प्रगति प्रस्तुत गरेका थिए ।

समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय गौरबका आयोजनामा देखिएका नीतिगत र प्राविधिक समस्या समाधान गर्न उच्च स्तरिय निर्देशक समिति गठन गर्नका लागि नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोजनाको कामका क्रममा अन्तर मन्त्रालय, निकाय तथा आयोजनाहरुको समन्वयका लागि सरकारलाई समितिले निर्देशन दिएको सभापति रावल जानकारी दिनुभयो । उच्च प्राथमिकताका साथ निर्धारित समयभित्र गौरबका आयोजनाको काम सक्न समितिले निर्देशन दिएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशव कुमार शर्माले जवाफ दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>