राजनीति

राष्ट्रियसभामा नारायणकाजीसहित नेकपाका १६ उम्मेद्वारको टुङ्गो

Banner

काठमाडौं, पुस १८-

नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ। प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलतीबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।

त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्। गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य हुन्। त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ।

प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>