मध्य नेपाल
तनहुँका सांसद श्रेष्ठले एक शिक्षकलाई बर्षदिनको तलब दिने

तनहुँ,पुस १५-
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका वडा नम्बर ७ को चण्डिकालाल अमर प्राविको एक जना प्रावि तहको शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । सोमबार सो विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहको अवसरमा सांसद श्रेष्ठले सो घोषणा गर्नु भएको हो ।
शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक श्रोतले छुट्टै शिक्षक राख्न सक्ने अवस्था नभएको कारण सांसद श्रेष्ठले एक जना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तवरबाट उपलब्ध गराउने घोषणा गर्नु भएको हो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाको लागि रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भएको हो । यस बाहेक सांसद श्रेष्ठले हालसम्म सांसदको रुपमा आफुलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न संघ सस्थालाई उपलब्ध गराउदै आउनु भएको छ ।
























