राजनीति

सरकारबाट बाहिरिएपछि यादवले भनेः संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ

Banner

जनकपुर,पुस १४ –

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् ।

समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । समयमै नचेते ठूलो विस्फोट हुन्छ ।’

विस्फोटमा मधेसी जनताको जीत हुने भन्दै यसको लागि मधेसी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे । संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>