राजनीति

पहिलो पटक नेकपा सचिवालय बैठकमा ओली प्रचण्डको कुर्सी सँगसँगै

Banner

काठमाडौँ पुस १३

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आइतबार) भएको सचिवालय बैठकमा अरू बेलाभन्दा फरक दृश्य देखियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सँगसँगै राखिएका दुई कुर्सीमा बसे।कार्यकारी अध्यक्ष बनेको एक महिनापछि प्रचण्डको कुर्सी ओलीसँगै राखिएको हो।

सचिवालय बैठकमा पहिले प्रचण्ड बरिष्ठ नेता झलनाथ खनालको छेउमा बस्थे।

‘दुबै अध्यक्षसँगै बसेर दुबै अध्यक्ष एकै हो भन्ने सन्देश दिन खोजिएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

मंसिर ५ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष हुने र ओली नेतृत्वमै पाँच वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>