राजनीति

देउवाले थपे एक वर्ष कार्यकाल,महाधिवेशन अर्को फागुन ७ देखि

Banner

काठमाडौं, पुस ११-

सहमतिको निरन्तर प्रयास गर्दा पनि नजुटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्ण सिटौला पक्षको बहिस्कारकाबीच महत्वपूर्ण निर्णय गरेका छन्। शुक्रबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गराउने निर्णय गरको छ। त्यस्तै बैठकले पार्टीको सबै तहको कार्यकाल ७७ फागुन १९ गतेसम्म थप्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

बैठकले कांग्रेसका विभागहरुलाई २८ बाट ४१ पुर्‍याउने निर्णयसमेत गरेको छ। शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पार्टी कार्यालय सानेपा नै नगएपछि देउवाले साँझ ५ बजेपछि बैठक राखेर निर्णय लिएका हुन्।

त्यस्तै बैठकले तरुण दलको कार्यकाल चुनावका लागि ६ महिना थप्ने निर्णय गरेको छ। जितजंग नेतृत्वको कार्यकाल सकिए पनि अब कसरी अगाडि बढाउने भन्ने अन्योल कायम थियो। बैठकले नेविसंघको सवालमा भने कुनै निर्णय नगरेको संग्रौलाले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>