राजनीति

पार्टीमा विभाजित बनेका काँग्रेस नेताहरु भारतीय राजदूत भेट्न एकजुट

Banner

काठमाडौं,पुस ८-

आन्तरिक विवादका कारण पार्टी केन्द्रीय समितिको बैठक प्रभावित बनिरहेको बेला कांग्रेसका नेताहरु भारतीय राजदूतलाई बिदाइ गर्न भने एकजुट भएका छन्। आफ्नो कार्यकाल सकिएपछि भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीसँग बिदाइ भेट गर्न सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा नेताहरुलाई बोलाएका थिए।

राजदूत पुरी श्रीमतीसँगै देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा निवासमा राजदूत पुरीको बिदाइ भेटका क्रममा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छेदार लगायतका नेता भेला भएका थिए। राजदूत पुरी श्रीमतीसँगै देउवा निवास पुगेका थिए। राजदूत पुरीसँगको भेटपछि कांग्रेसका नेताहरुले पार्टीकै विषयमा छलफलसमेत गरे। ‘पार्टीको विवाद समाधान गर्न त्यसरी भेला भएको भए हुन्थ्यो,’ एक केन्द्रीय सदस्यले भने, ‘हाम्रा नेताहरु छिमेकी कसरी रिझाउने भनेर लाग्नुभएको छ। यो कांग्रेसका लागि दुर्भाग्य हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>