राजनीति
सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप्ने सरकारको निर्णय
०

काठमाडौं पुस ३-
सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार जनाएअनुसार मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सीमा क्षेत्रमा ११४ वटा सुरक्षा पोष्ट थप गरिने बताएका हुन् । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























