राजनीति

काँग्रेसको भ्रातृसंस्थामा सभापति नपाए पौडेल समूहले समानान्तर समिति खडा गर्ने

Banner

काठमाडौं,पुस १-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भ्रातृसंस्था तरुण दल र नेपाल विद्यार्थी (नेवि) संघमा आफूपक्षीय रणनीति बनाउन विशेष भेला राखेका छन्। सभापति शेरबहादुर देउवाले कार्यकाल सकिएका यी दुई संस्थाको म्याद थप गर्ने गृहकार्य गरिरहेका बेला पौडेल समूहले छुट्टाछुट्टै स्थानमा तरुणदल र नेविसंघको विशेष भेला राखेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेविसंघको भेला साढे १ बजेदेखि मध्यबानेश्वरमा रहेको एक रेष्टुरेन्टमा राखिएको छ भने तरुण दलको भेला महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा राखिएको तरुणदलका एक निवर्तमान पदाधिकारीले बताए। नेवि संघको विशेष भेलामा कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, बद्रि पान्डे र कल्याण गुरुङले नेतृत्व तथा संयोजन गरिरहेका छन् भने तरुण दलको विशेष भेलामा भने पौडेल स्वयं समेत उपस्थित हुने जनाइएको छ।

कोइराला निवासमा हुने भेला २ बजेदेखि सुरुवात गर्ने कार्यक्रम रहेको भेला आयोजनाका लागि क्रियाशिल एक नेताले जनाए। भेलामा आगामी दिन कसरी अगाडी बढ्ने भन्ने आन्तरिक रणनीति तय गर्नुका साथै सभापति देउवासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गरिनेछ। बुधबार केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि सो रणनीति तय गर्न खोजिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>