राजनीति

नवनिर्वाचित सांसद विद्या भट्टराईले लिइन शपथ

Banner

काठमाडौँ, पुुस १-

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छिन ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन ।

सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुन । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उनी विजयी भएकी हुन ।

शपथपछि सञ्चारकर्मीको प्रश्नमा उनले भनिन– “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।”

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>