राजनीति

खेलाडीलाई प्रधानमन्त्रीको हौसलाः कास्य पनि स्वर्ण जस्तै हो

Banner

काठमाडौं,मंसिर २५-

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका छन् । उनले खेलाडीहरुलाई बधाइ दिदै उत्कृष्ट प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडीको प्रशंसा समेत गरे ।

उनले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढी पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरुलाई सुझाव दिए । ‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन । अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौँ । २०६ वटा खेलमा सहभागी हुने हैसियत थिएन । अहिले २०६ वटै पदक प्राप्त गरिसकेका छौ’ प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए ।

ठट्यौली शैलीमा प्रधानमन्त्रीले अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै भएको बताए ।

र, प्रधानमन्त्री ओलीलले कास्य पदक स्वर्ण पदक जस्तै भएको र मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौं भन्दै खेलाडीलाई हौसला दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>