राजनीति
नेकपा सचिवालय बैठक बस्दै
०

काठमाडौँ मंसिर २३-
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ।सचिवालयको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
आजको बैठमा उपनिर्वाचनको समीक्षा, पार्टी एकताको बाँकी विषयको छलफल हुने नेकपाका नेता माधवकुमार नेपालले बताए।’स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि बैठकमा छलफल हुन्छ,’ नेपालले भने।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको लामो समयदेखि स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेको छैन।
एकता घोषणाकै दिन ३ जेठ २०७५ मा केन्द्रीय समितिको बैठक बसेको थियो भने २९ मंसीर २०७५ मा स्थायी समिति बैठक बसेको थियो।
एपेन्डिसाइटिसको शल्यक्रियापश्चात आराम गरिरहेका प्रधानमन्त्री ओली सचिवालय बैठकमा उपस्थित नहुने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























