देश/प्रदेश

प्रचण्ड–माधव नेपालबीच खुमलटारमा गोप्य छलफल

Banner

काठमाडौं, मंसिर २२

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्‍ने सचिवालय बैठकको एजेन्डाबारे पार्टीका वरिष्ठ नेताहरुसँग आफ्न‌ै निवास खुमलटारमा परामर्श गरेका छन्।

आइतबार बिहान प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल गरेका छन्। प्रचण्ड र नेपालबीच भएको लामो गोप्य छलफलमा पार्टी एकीकरणका बाँकी काम, उपचुनावको समीक्षा, पार्टी संयन्‍त्रको गतिशिलता, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको थियो।

प्रधानमन्‍त्री लामो समयदेखि स्वास्थ्य उपचारको क्रममा रहेकोले पार्टी र सरकार दुवैतिर प्रभावकारी रूपमा काम हुन नसेकको भन्दै यो अवस्थालाई अब अन्त्य गर्नुपर्नेमा दुवै नेताको जोड रहेको स्रोतले बतायो। मंसिर १० गते एपेन्डिसाइटिस शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री बालुवाटार फर्के पनि नियमित काममा फर्किन सकेका छैनन्।

प्रचण्डले नेपालसँग विशेष छलफल गरेपछि सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेललगायतका नेतासँग परामर्श गरेका थिए। केही समयअघि ओलीले प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि प्रचण्ड पार्टी सञ्चालन र संयन्‍त्रको सुदृढीकरणमा क्रियाशिल देखिएका छन्। स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल सचिवालय बैठक एजेन्डाबारे परामर्श भएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>