राजनीति
कांग्रेस कहाँ छ भन्नेहरु चितवन र भक्तपुर गएर हेरुन्ः प्रवक्ता शर्मा
०

काठमाडौं,मंसिर १६-
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कहाँ छ भनेर सोध्नेहरूलाई नेकपाका अध्यक्ष केपी ओलीको घर रहेको भक्तपुर र पुष्पकमल दाहालको क्षेत्र चितवन गएर सोध्न सुझाएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै शर्माले भने, कांग्रेस कहाँ छ भन्नेले प्रचण्डको चितवन, केपी ओलीको भक्तपुर गएर सोधे हुन्छ । त्यहाँ छ भन्ने आत्मबल उपनिर्वाचनले दिएको छ ।
मंसिर १४ को उपनिर्वाचनमा प्रधानमन्त्री ओलीको घर भएको भक्तपुरको प्रदेश सभा र प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनका तीन वडामा कांग्रेसले जित हात पारेपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । सरकार निर्वाचन निष्पक्ष गराउनेभन्दा आफ्नो पार्टी जिताउने ध्याउन्नमा लागेको आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























