राजनीति
वामदेव गौतम भन्छन्ः राम्रो काम नगरे अर्को निर्वाचनमा सकिन्छौं
०

काठमाडौँ,मंसिर १६-
सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले उपनिर्वाचन नेकपाका लागि अनपेक्षित भएको बताएका छन् । समग्रमा उपनिर्वाचनको परिणाम नेकपाको पक्षमा भएपनि गत निर्वाचनमा नेकपाले जितेको क्षेत्र भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्ष पद गुम्नु नेकपाका लागि सुखद् नभएको बताए ।
‘समग्ररुपमा उपनिर्वाचनको परिणाम नेकपाकै पक्षमा छ। तर भक्तपुर, धरान उपमहानगरपालिका र केही वडाध्यक्षमा पहिला हामीले जितेका थियौं। अहिले ती ठाउँ गुमायौं,’ गौतमले भने, ‘कांग्रेसले जितेको क्षेत्र खोस्नी र हामीले जितेको क्षेत्र जोगाउन सकेको भए उपनिर्वाचन नेकपाका लागि सुखद् हुन्थ्यो। आगामी दिनमा नेकपाले राम्रो काम नगरे अर्को निर्वाचनमा सकिने खतरा रहेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























