राजनीति
बम पड्काएर नेकपाले उपचुनाव जित्योः सभापति देउवा
०

काठमाडौं,मंसिर १६-
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए ।
उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जत्यो ।’ देउवाले उपनिर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाए । साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए । उनले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























