राजनीति

दाङको प्रदेशसभा सदस्यमा नेकपाकी विमला विजयी

Banner

घोराही,मंसिर १६-

दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।

ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सो भएको स्थानमा उपनिर्वाचन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>