राजनीति

हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्ष नेकपा विजयी

Banner

काठमाडौं,मंसिर १५-

हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी भएकी छन्। आइतबार दिउँसो सकिएको मत गणनामा शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएकी छन्। राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए। यहाँ दुई हजार ८ सय ६९ मत खसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>