राजनीति

अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाखर खनाल विजयी

Banner

अर्घाखाँची,मंसिर १५-

अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्। उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटत प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित भएका छन्।

१ सय ६ मतको अन्तरले यमलाल पराजित भएका हुन्। त्यस्तै राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गरेका छन्। ९ मत बदर भएका छन्। वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>