गण्डकी

नवलपुरको बौदीकालीमा ७२ प्रतिशत मत खस्यो, मतगणनाको लागि तयारी हुँदै

Banner

ज्ञानु पंगेनी

नवलपुर, मंसिर १४

नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ दशमलब ९ प्रतिशत मत खसेको छ ।

शनिबार भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । जसमा पुरुष २५७ र महिला ३५८ जनाले मतदान गरेका छन् । यस वडामा ८५३ मतदाता रहेका थिए । मतदान शान्तिपूर्णरुपमा उत्साहजन तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । मतपेटिकाहरु गाउँपालिकाको केन्द्र मतगणना हुने स्थल डेढगाउँमा जम्मा गरिएको अधिकारीले बताए ।

सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता निर्माण गरी सम्भवतः शनिबारराति ८ बजेसम्ममा मतगणना प्रारम्भ गरिने अधिकारीले बताए । मत संख्या थोरै भएकाले अन्तिम नतिजा समेत रातिनै आइपुग्ने उनको भनाइ छ ।  यहाँ वडा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खिमबहादुर थापा खरु मगर ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट तुलबहादुर राना र समाजवादी पार्टीका तर्फबाट प्रितमबहादुर राना चुनावी मैदानमा छन् । बौदिकाली–५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>