देश/प्रदेश
लमजुङमा मतदान केन्द्र नजिकै टाइम बम बिस्फोट
०

लमजुङ मंसिर १३-
लमजुङको सुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रको १ सय ५० मिटर नजिकै टाइम बम बिस्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर माबि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जादा बम बिस्फोट भएको हो । बम बिस्फोट भएपनि कुनै क्षती भएको छैन । जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























