राजनीति
उपनिर्वाचन पोखरा : निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भरतपोखरीमा भेटिएपछि विवाद
०

कास्की मंसिर १४-
पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटेपछि विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो । तर, सर्वदलीय आकस्मिक बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि पुनस् मतदान सुरु भएको छ ।
२ सय ४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मत भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो। विवाद चर्किँदै गएपछि मतदान रोकिएको थियो। उक्त केन्द्रमा २ सय ४० भन्दा बढी मत खसिसकेको छ।
नेकपाका कार्यकर्ता र स्थानीय विरोधमा उत्रिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























