राजनीति
मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक
०

काठमाडौँ मंसिर १२-
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरेका छन् ।
निर्णय अनुसार नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा दस सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























