राजनीति

देवघाटतिर जानुपर्ने मान्छेलाई चुनावमा उठाउन मिल्छ ? : प्रचण्ड

Banner

काठमाडौं मङ्सिर ११-

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसविरुद्ध खनिएका छन्।

आज पोखरामा कास्की क्षेत्र नं २ को चुनावी सभालाई सम्बोधन गर्दै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाले बेइमान र झुठा कुरा गरिरहेको आरोप लगाए। भारतको राजनीतिक नक्सा प्रधानमन्त्री केपी ओलीसँगकै सहमतिमा बनेको देउवाको आरोप खण्डन गर्दै दाहालले आक्रोश व्यक्त गरे ।

देउवाले केहीदिन अघि पोखरामा कांग्रेसको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले राजनीतिक नक्सा जारी गरेको आरोप लगाएका थिए। देउवाले उट्पट्याङ गर्दै आएको बताएका दाहालले उनको व्यवहार देखेर टिठ लागेको पनि बताए।

दहालले देउवालाई संघीय गणतन्त्रको मर्म अनुसार चल्न पनि सुझाए। प्रधानमन्त्री ओलीलाई सरकार छाडेर आराम गर्न कांग्रेसका नेताहरुले दिँदै अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दाहालले कांग्रेस उम्मेदवारप्रति लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीलाई विदा लिनुपर्छ भन्नेहरुले विचरा ७७ वर्षका बुढालाई, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षीय जवानलाई रेस्ट (आराम) गर्न भन्न मिल्छ? ‘

दाहालले राष्ट्रियताको सवालमा इतिहासमै अहिले सवैभन्दा बढी एकता देखिएको भन्दै कालापानीबाट भारतीय सेना फिर्ता पठाउने र मिचिएको नेपाली भूमि फिर्ता गर्ने उपयुक्त बेला भएको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>