राजनीति
कानुन मन्त्रालयको पदभार ग्रहण गर्दै यादवले भने : प्रधानमन्त्रीले धेरै माया गर्नुभयो
०

काठमाडौँ मंसिर ९-
उपप्रधानमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद पुनर्गठन भएको साता दिन पछि कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।स्वास्थ्य मन्त्रालयबाट मन्त्री यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रीकै हैसियतमा विदेश भ्रमणमा रहँदा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । बुधबार मन्त्रिपरिषद पुनर्गठन भए पनि मन्त्री यादव भने शुक्रबार मात्रै स्वदेश फर्किए ।
स्वदेश फर्किए पछि पार्टी नेताहरुसँग बैठक बसेका मन्त्री यादवले सोमबार मात्रै नयाँ मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै माया गरेको प्रतिक्रिया दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























