राजनीति

मैले जोगाएको कालापानी ओलीसँग सल्लाह गरेर भारतले नक्सामा छाप्योः देउवा

Banner

काठमाडौं,मंसिर ७-

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा छापोको प्रनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।शनिबार कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ‘भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको दाबी गरे । महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाको आरोप छ । पोखरा पुगेका उनले भने, ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेका छन् ओलीले ।’ उनले आफ्नो पालामा कालापानीलाई सीमा बनाएर रक्षा गरेको दावी गरे ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ । नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्‍यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन ।

प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक मञ्चबाटै कालापानीबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन् । यही साता सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>