राजनीति
गोकर्ण विष्ट भन्छन्ः नेपाली युवाको श्रम शोषण गर्नेहरुले हेक्का राखुन,म राजनीतिमै छु

चितवन,मंसिर ७-
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफु मन्त्रीबाट बाहिरिदैमा खुसी नहुन म्यानपावर ब्यवसायीलाई चेतावनी दिएका छन् । बिष्ट श्रममन्त्रीबाट बाहिरिएलगतै केही म्यानपावर ब्यवसाय र यससँग सम्बन्धित ब्यक्तिले भोज खाएको खवर बाहिरिएपछि उनले आफ्नो बर्हिगमनमा नरमाउन चेतावनी दिएका हुन। ‘बैदेशिक रोजगारीको ठगी धन्दामा लागेका केही ब्यक्तिले म हटेपछि भोज खाएको मैले सुनेको छु’ बिष्टले भने ‘हेक्का रहोस् म राजनीतिमै छु ।’
बिष्टले आफु मन्त्रीमा भएपनि नभएपनि लाखौ नेपाली युवाहरुलाई ठग्ने ठगी धन्दाका नाइकेहरुलाई नछोड्ने बताए । ‘म सवैलाई भन्दिँन, केही राम्रा पनि हुनुहुन्छ । केहीलाई अहिले आफुले हटाएँ भन्ने पनि लागेका होला, मालिकसावहरुले बुझे हुन्छ म राजनीतिमै छु । नेकपाको बफादार सिपाही हुँ’ उनले भने ।
मलेसिया, यूएईसँग श्रम सम्झौता गरेर लाखौ युवालाई ठगीनबाट जोगाएका बिष्टमाथी केही म्यानपावर ब्यवसायीले इगो साँधीरहेका आरोप लाग्ने गरेको छ। म्यानपावर ब्यवसायी मात्र नभई यससँग सम्बन्धित स्वास्थ्य परीक्षण केन्द्रहरु पनि आक्रोसित थिए । केही म्यानपावर ब्यवसायीले भने उनको कदमलाई स्वागत गरेका थिए ।
























